NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा अष्टमी - २३

परिचय

नेपालमा वि.सं-१९३५ मा हुलाक घरको स्थापना संगै औपचारिक रुपमा हुलाक सेवाको प्रारम्भ भएको मानिन्छ । यस जिल्ला हुलाक कार्यालय,ताप्लेजुङको स्थापना भने वि.सं २०२८ मा भएको पाइन्छ । हुलाक सेवालाई थप व्यबस्थित,प्रभाबकारी र जनमूखी बनाउन हुलाक सेवा ऐन-२०१९, हुलाक नियमावली २०२० तथा हुलाक सेवा कार्यविधि /निर्देशिका लगायतका कानुनी व्यबस्थाहरु गरिएका छन।

हुलाक सेवाको सञ्चालन र ब्यवस्थापनलाई थप प्रभावकारी र ब्यवस्थित गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८१।०६।२१ को निर्णयबाट हुलाक सेवाको संगठनलाई संघीय संरचना अनुसार एक पालिका एक हुलाक को अवधारणा अनुरुप संरचना र दरबन्दी तेरिज स्वीकृत भए सैगै यस जिल्ला हुलाक कार्यालय,ताप्लेजुङ अन्तर्गत आठ (८) पालिका हुलाक र ३१ अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालनमा रहेका छन ।